back
CTIZAN AD

आगलागी हुनु भन्दा अगाडी र लागिसकेपछि गर्न हुने र नहुने काम…

वि.सं.२०७८ चैत २५ शुक्रवार

753 

shares

खोटाङ । जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ ।

जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न उपायसमेत आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेको छ । बालबालिकाले भेट्न सक्ने स्थानमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्णरूपमा निभाउन, ग्यास सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न जिल्लावासीसमक्ष प्रहरीले अनुरोध गरेको छ ।

सुत्ने बेला ओछ्यानमा धुमपान नगर्न र सल्किरहेको बिँडी, चुरोट र सलाई राम्ररी निभाएर मात्र फाल्न, घरमा प्रज्ज्वलनशील पदार्थ मट्टितेल, पेट्रोल, डिजेल आदि नराख्न र राख्नै परेमा छुट्टै उपयुक्त भाँडामा राम्रोसँग बिर्को बन्द गरेर राख्न प्रहरीको अनुरोध छ । हावा चलिरहेको समयमा खुला स्थानमा आगो नबाल्न र बारी, बाटो आदि स्थानमा बलिरहेको आगो पूर्णरूपमा तुरुन्तै निभाउन, घर वा कार्यालयमा रहेका विद्युतीय उपकरण सही अवस्थामा भए–नभएको नियमित जाँच गर्न, राति गाउँघरमा हिँड्दा राँकोको सट्टा टर्चलाइटको प्रयोग गर्ने बानी बसाल्न र शरीरमा आगो सल्किए भागदौड नगरी भुइँमा सुतेर लडीबुडी गर्न प्रहरीले सुझाव दिएको छ ।

यस्तै आकस्मिक आगलागीको पूर्व तयारीस्वरूप आफ्नो मोबाइल वा घरको टेलिफोन सम्पर्क सूचीमा दमकल, पानी ट्याङ्र, एम्बुलेन्स तथा प्रहरीको फोन नम्बर सेभ गरेर राख्न, आगलागी नियन्त्रणका लागि घर, अफिस तथा सवारीसाधनमा अग्नि संयन्त्र अनिवार्यरूपमा राख्न सुझाव दिइएको छ । आगो निभाउने यन्त्र वा दमकल नभएको ठाउँमा आगो निभाउने स्थानीय साधन पानी, हरियो स्याउला, केराको पात तथा बोक्रा, बालुवा, माटो आदि जुटाएर राख्न, आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गर्न, पेट्रोल, मट्टितेलबाट लागेको आगोलाई पानीले निभाउन खोजेमा झनै फैलिने भएकाले बालुवा, माटो, हरियो स्याउलालगायतको प्रयोग गर्न सकिने प्रहरीले सुझाव दिएको छ ।

मुलुकी अपराध संहिताको दफा २८५ मा कसैको लापरबाहीले आगो लाग्न गई सार्वजानिक तथा सरकारी सम्पत्तिमा क्षति हुन गएमा पाँचदेखि १२ वर्षसम्म कैद र बिगो बराबर जरिवाना हुने साथै कसैको व्यक्तिगत सम्पत्तिमा क्षति पुग्न गएमा दुईदेखि पाँच वर्षसम्म कैंद र रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको पनि प्रहरीले जनाएको छ । जिल्लामा वर्षेनी आगलागीका घटना वृद्धि भइरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा स्थानीय बासिन्दाले जङ्गल क्षेत्रमा डढेलो लगाउने गरेको स्रोतको दाबी छ । समाचार स्रोतका अनुसार जिल्लाका अधिकांश बासिन्दाले वर्षाको समयमा चरणमा छाडिने गाईवस्तुका लागि घाँस र हिउँदमा दाउरा काट्नका लागि जङ्गलमा डढेलो लगाउने गरेका हुन् ।

 

वि.सं.२०७८ चैत २५ शुक्रवार १२:१६ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...