back
CTIZAN AD

दक्षिणकालीमा केवलकार सञ्चालन गरिने

वि.सं.२०७८ चैत २५ शुक्रवार

873 

shares

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा गरिने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो ।

चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो । कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पुरा भएको र निर्माण प्रकृया शुरु हुने जानकारी दिए । उनका अनुसार तीन बर्ष भित्रमा निर्मण कार्य सम्पन्न भई केवलकार सञ्चालनमा आउने छ ।

कम्पनिका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४/०७/२८ को निर्णय बाट प्राप्त गरीसकेपछि यो परियोजनाको कार्य तिब्रगतिले प्रारम्भ गरीएको कम्पनिले जनाएको छ । यो केबलकार परियोजना २०७६/०१/०२ गते बसेको ७१औ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६/०१/०६ मा केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको हो ।

No description available.

कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट मिति २०७६/०१/०६मा निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपाल बाहिर विभिन्न देशमा वस्ने भएको हुँदा निज जग्गाधनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरीएको छ । कम्पनीले उक्त कार्य गर्दा गर्दै कोभिड-१९ को माहामारी देशै भरी फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकि सो पश्चात उक्त क्षेत्रको खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसन सम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी माताको मन्दीर एरिया, माउण्टेन-१ र २ सर्भेको काम भएको छ ।

कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरीएको जनाएको छ । कम्पनिका अनुसार यहाल्याईने केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवी माताको मन्दीरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।

कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१(२०२५) को अन्त्यमा सक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ । कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ ।

यो परियोजना संचालनको लागी स्थानियवासिहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरीएको छ । कम्पनिले बोसन गाउँ देखि बेस स्टेशन सम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार बिस्तारका लागी सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरीदिन पनि अनुरोध गरेको छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १२:३० मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा...