back
CTIZAN AD

अल्फा अटोमोटिभद्वारा बालविवाह विरुद्धको अभियानमा सहयोग

वि.सं.२०७८ चैत २७ आइतवार

927 

shares

काठमाडौं । विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर बिक्री अनुमति पाएसँगै कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।

सोही अवसरमा गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ ।
प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएका राइडर हुन् ।

उत्साही, साहसिक यात्रा गर्न रुची राख्ने प्रमोदले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र भारतको सफल यात्रा गरेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयमा रोयल इन्फिल्ड ३५० सिसिबाट पूर्व (पश्चिम राजमार्ग) मेची – महाकालीमा चलाएर यात्रा गरी किर्तिमान समेत कायम गरेका छन् ।

बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाह विरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ चैत २७ आइतवार २१:१८ मा प्रकाशित

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...