काठमाडौं । एनसेलले नयाँवर्षको अवसरमा ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो । यी अफरहरु आइतबार चैत्र २७ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।
न्यू इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु लिन सक्नेछन् । रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।
कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले कर सहित ९६ रुपैयाँमा लिन सक्नेछन् । यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् ।
त्यस्तै ग्राहकले १६८ रुपैयाँमा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ रुपैयाँमा लिन सक्नेछन् ।
ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले २९८ रुपैयाँमा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । ७९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटासहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् ।
यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।
यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० रुपैयाँदेखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी १०० रुपैयाँदेखि १९९ रुपैयाँ रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र २०० वा सोभन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् ।
वि.सं.२०७८ चैत २७ आइतवार २१:२० मा प्रकाशित






























