काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा सञ्चारकर्मी रवि लामिछानेलाई नियुक्त गरेको छ ।
सोमबार काठमाडौँस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको हो ।
बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने कार्यको लागि छुट्याउने घोषणा गरे । यसैगरी बैंकले गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौतासमेत नवीकरण गरेको छ ।
सम्झौतापश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसारलगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भइ बैंकको पहिचान तथा साख वृद्धिमा दुवै जनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
वि.सं.२०७८ चैत २९ मंगलवार ०७:४१ मा प्रकाशित




























