back
CTIZAN AD

साइटेसन २०२२ सफलतापूर्वक सम्पन्न

वि.सं.२०७८ चैत २९ मंगलवार

624 

shares

काठमाडौं । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ ।

ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागी थिए ।

साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेकी थिइन् । उनी महिला अधिकार र महिला हिंसा विरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएकी छन् ।

२०१३ मा क्यान्सरको सफल उपचारपछि उनले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिन लागि परेकी छन् ।

टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई ‘कम्युनिकेटर अवाड’ प्रदानगर्दै आएको छ ।

प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकि संस्थापक सुश्री सृष्टि के.सि.लाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ ।

१६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हासिल गर्न सफल भएकी थिइन् । उनको संघर्षमा आधारित बायोपिक ‘ब्लाइन्ड रक्स’ सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।

उनले भनिन्, ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । साथै मैले यसै वर्षदेखि टोस्टमास्टरहुने पनि निर्णय गरेको छु ।’

वि.सं.२०७८ चैत २९ मंगलवार ०७:३८ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...