back
CTIZAN AD

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा स्वाँर निर्वाचित

वि.सं.२०७८ चैत ३० बुधवार

849 

shares

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्विरोध निर्वाचित भएका छन् ।

देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको चैत २७ देखि २९ गतेसम्म चलेको महाधिबेशनले स्वाँरलाई महासंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै महासंघको तीन वरिष्ठ उपाध्यक्ष पदका लागि चार आंकाक्षी भएपछि मतदानबाट टुंगो लगाइएको थियो । बुधबार सम्पन्न मतगणना अनुसार वरिष्ठ उपाध्यक्षहरुमा सरोज सिटौला, हरिशरण केसी र ऐनकुमार शाही निर्वाचित भएका छन् । अर्का आकांक्षी केदार पौडेल पराजित भएका छन् ।

त्यसैगरी महासंघको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरूषोत्तम सिंखडा, शम्भू रिजाल र गगन रोका, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषाध्यक्ष अर्जुन गौतम निर्वाचित भएका छन् ।

तीन वर्षका लागि अध्यक्षमा निर्वाचित स्वाँर नेपाली कांग्रेसका नेता समेत हुन् । उनी कैलाली क्षेत्र नम्बर २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुन् ।

वि.सं.२०७८ चैत ३० बुधवार ०९:५५ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...