back
CTIZAN AD

अध्यक्ष ओली भन्छन् – विप्लवलाई हतियार बनाएर चुनाव सार्न खोजियाे

वि.सं.२०७८ चैत ३० बुधवार

810 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हतियार बनाएर स्थानीय तहको चुनाव सार्न खोजेको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ओलीले चुनाव सार्न नदिइने बताए ।

“नेत्रविक्रम चन्द नेतृत्वको नेकपा स्थानीय तहको चुनाव सार्ने हतियार हुन्छ कि भन्ने सन्देशको स्थिति बढेको छ तर त्यस्तो हुनु हुँदैन”, उनले भनेका छन्, “लोकतन्त्रका लागि संविधान अनुसार देश चल्नु पर्छ भन्ने पक्षमा छौं ।”

चन्दले नेतृत्व गरेको नेकपालाई चुनावमा सहभागी हुन आफूले आहृवान गरेको ओलीको भनाई छ ।

राप्रपासँग चुनावी तालमेल हुन्छ

अध्यक्ष ओलीले आगामी चुनावमा कमल थापा नेतृत्वको राप्रपासँग चुनावी तालमेल हुने बताएका छन् । उनले एमाले नेतृत्वको गठबन्धनले सत्ता गठबन्धनलाई पत्तासाफ पार्ने बताए ।

“राप्रपालगायत अरु पनि दल हामीसँग मिल्न सक्छन्”, अध्यक्ष ओलीले भने, “स्थानीय चुनावमा गठबन्धनवालालाई एमालेले पत्तासाफ पार्छ ।”

एमाले र कमल थापा नेतृत्वको राप्रपाबीच यसअघि नै चुनावी गठबन्धन गर्ने विषयमा सहमति भइसकेको छ । थापा नेतृत्वको राप्रपा एमालेकै सुर्य चुनाव चिन्हबाट लड्ने तयारीमा छ ।

वि.सं.२०७८ चैत ३० बुधवार १५:०८ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...