back
CTIZAN AD

कविता : उधारो !!

वि.सं.२०७९ वैशाख ३ शनिवार

684 

shares

जे शि गाउँले, कोहलपुर, बाँके

केही दिन
अरु घटाइ जीवनको आयु
मुखादेश पठाएको हुँ भगवानसङ्ग !

मञ्जुरी दिन्छन कि दिदैंनन् ?

प्रेमको डोरी पर–पर हुँदै परै तन्किए पछि
खासै खुशी थिएन जीवन –जीवन देखि
पीडा,ग्लानी र पश्चातापको रापले
रापिए पछि यो छाती
धेरै पटक मागेको हुँ हिमालसङ्ग उधारोमा शितलता ।

माया, सद्धभाव, प्रेरणाले
तिर्खाए पछि यो मन
मागेको हुँ बादलसङ्ग उधारोमा बर्षा
बादलको सहिष्णुताले बर्सिएपछि आँखाको आकाश
अतृप्त मन तृप्त भएकै हो कैयन रात ।

माटो, आमा, घर
हावा, पानी,आकाश
भुले देखि जीवनको कर्तव्य
बग्दै सुक्दै बग्दै ठोकिँदै पहराहरुसङ्ग
नदी जसरी,
साँच्चै नदी जसरी बगेकै हो जीवन
र सिकेको हुँ
जीवन जिउनुको कला पनि नदी सङ्गै उधारोमा ।

प्रेम, सद्भाव, समानता
सम्मान, आदर्श, समदर्शिता
जीवनको कटु सत्य
बुझे देखि जीवनले
जीवन –जीवन जस्तै भएको हो ।

यदि,
मेरो मुखादेश मञ्जुरी छ भने भगवान
मृत्यु पनि स्विकार्य छ मलाई उधारोमै ।

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:४६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...