back
CTIZAN AD

गजल

वि.सं.२०७९ वैशाख ३ शनिवार

708 

shares

सीता शर्मा ’शीत’,गान्तोक, सिक्किम

निर्धो छ जो उसैमा लाठी प्रहार हुन्छ
बोल्ने हुँदैन कोही, हेर्ने बजार हुन्छ,

खोला बहन्छ हरदम, ठक्कर अनेक खाई,
जे जे सहन्छ उसले, देख्ने किनार हुन्छ,

दोषी बन्यो कि भाग्य! कर्मै भयो नजाती
राम्रो म बोल्न खोज्छु, उल्टो प्रचार हुन्छ,

अर्को पुगेको माथि, सक्दैन हेर्न मान्छे,
इर्ष्या गरेर खुट्टा, तान्नै हतार हुन्छ !

उस्तै छ मर्म सबको, एकै हो जात बुझ्दा,
मिल्दै नमिल्ने केवल, हाम्रो विचार हुन्छ,

बहर – मुजारे
सूत्र -२२१ २१२२ २२१ २१२२

सीता शर्मा ’शीत’ को बहरबद्ध गजल संग्रह ‘आँखिझ्याल’ लिइएको 

 

वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:४४ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...