back
CTIZAN AD

असी प्रतिशत रगत महिलालाई

वि.सं.२०७३ चैत ५ शनिवार

1.1K 

shares

५ चैत, नेपालगन्ज । बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढदै गएपछि रगतको अभाव पनि हट्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, नेपालगन्जले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकबाट प्राप्त भएको छ ।

रक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भन्नुभयो । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भाँैतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।

स्वयम्सेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत सङ्घसङ्गठनले समय समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याएका छन् । रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ ।
रेडक्रस बाँकेका अनुसार सङ्कलित रगतमध्ये ७८ प्रतिशत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा तथा २२ प्रतिशत पुरुष बिरामीका लागि प्रयोगमा आएको छ ।

वि.सं.२०७३ चैत ५ शनिवार ०९:२८ मा प्रकाशित

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...