back
CTIZAN AD

४६२ नेपाली नागरिकले पाए न्यूजिल्याण्डको स्थायी आवासीय भिषा

वि.सं.२०७९ वैशाख ४ आइतवार

1.1K 

shares

नेपाली नयाँ वर्षको आगमनसँगै न्यूजिल्याण्डमा रहेका नेपालीहरुलाई खुशीको खबर प्राप्त भएको छ । नौ महिनामा ४६२ नेपाली नागरिकले न्यूजिल्याण्डको स्थायी आवासीय भिषा पाएका छन् । न्युजिल्याण्ड ईमिग्रेसनको तथ्यांक अनुसार २०२१ अप्रिल १ देखि २०२२ मार्च ३१ सम्ममा ४६२ नेपाली नागरिकहरुले न्युजिल्याण्डको स्थायी आवासीय भिसा प्राप्त गरेका हुन् ।

तथ्याङ्क अनुसार ४१४ जनाले कार्यदक्षताको आधारमा, ४५ जनाले परिवारिक र ३ जनाले मानवीय आधारमा गरि जम्मा ४६२ नेपाली नागरिकहरुले न्युजिल्याण्डको स्थायी आवासीय भिसा प्राप्त गरेका छन्।

सन २०१६/१७ आर्थिक वर्षमा १९५ जना नेपालीहरुले स्थायी आप्रवास भिसा पाएका थिए । त्यसपछिका वर्षहरुमा २०१७/१८ मा १७१ जनाले, सन २०१८/१९मा १२९ जनाले, सन २०१९(२० मा १०२ जनाले र सन २०२०/२१ मा १२३ जनाले स्थायी भिसा पाईसकेका छन । रेकर्ड अनुसार सन २०१९/२० मा सवभन्दा कम नेपालीहरुको स्थायी भिसा स्वीकृत भएको थियो।

न्युजिल्याण्ड ईमिग्रेसनका अनुसार सन २०१४/१५, २०१५/१६ र २०१७/१८ मा ४८ वटा निवेदनहरु अस्वीकृत भएका थिए भने सव भन्दा कम अस्वीकृत भएको वर्ष पनि सन २०२१(२२ नै रह्यो। यो बर्ष अस्वीकृत निवेदनको संख्या मात्र ९ रह्यो।

स्मरण रहोस, न्युजिल्याण्डमा नेपाली राहदानीवाहकहरुले नागरिकताको लागि पनि निवेदन हाल्ने गरेकाछन र २०२० को डिसेम्वर सम्म १२२७ जना नेपाली नागरिकहरुले न्युजिल्याण्डको नागरिकता ग्रहण गरिसकेको डिपार्टमेण्ट अफ ईण्टरनल अफेयर्स (न्युजिल्याण्ड)ले आफ्नो तथ्यांकमा प्रष्ट पारिसकेको छ।

न्युजिल्याण्ड सरकारले ‘एक पटकको लागि व्यबस्था गरेको आवासीय भिसा’ को कारण केही हजार नेपालीले न्युजिल्याण्डमा आफ्नो बसाई सुरक्षित गर्न सक्षम हुनेछ।

No photo description available.No photo description available.

बाबुराजा महर्जन, न्यूजिल्याण्डको सहयोगमा

वि.सं.२०७९ वैशाख ४ आइतवार १६:१९ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...