back
CTIZAN AD

पत्रकार खड्काद्धारा उपचारमा सहयोगको अपिल

वि.सं.२०७९ वैशाख ४ आइतवार

798 

shares

केही समयअघि धादिङको गजुरीमा दुर्घटनामा परेर गम्भीर घाईते भएका दाङका पत्रकार आजद खड्काले आफ्नो उपचारको लागि सहयोगको अपिल गरेका छन् ।

झण्डै २५ वर्षदेखि माओवादी आन्दोलनमा समर्पित हुँदै आएका ४१ वर्षीय पत्रकार खड्का समाजवादी ज्ञान केन्द्रका अध्यक्ष समेत हुुन् उनै खड्का अहिले अपचार खर्चको अभावमा छट्पटिएका छन् ।

गत भदौमा आफ्नै मोटरसाइकलमा काठमाण्डौं जाँदै गर्दा धादिङको गजुरीस्थित जोगिमारा मोडमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गर्दा ग्यास बोकेको बुलेट गाडीले ठक्कर दिदा गम्भीर घाईते भएका खड्काको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएको थियो ।

उपचारका लागि झण्डै २४ लाख खर्च गरिसकेका खड्काको अवस्था हाल सामान्य रहेपनि ब्रेकल प्लेक्स डन्जुरीका कारण उनको दायाँ हातको ‘मोटर पावर’ र ‘सेन्सुरी’ को अप्रेसन गर्नुपर्ने र त्यसका लागि भारत जानुपर्ने खड्का बताउँछन् ।

अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका खड्का सामान्य परिवारका हुन् । हातमा राखेको रड फुस्किएको र पुरानो रड निकालेर नयाँ रड राख्नु पर्ने अवस्था रहेका खड्काको घरबाटै आर्थिक जोहो गर्ने अवस्था नरहेपछि उनले सहयोगको अपिल गरेका हुन् ।

भारतको पानीपथ जिल्लाको हल्द्वानीको बृजलाल अस्पतालमा अप्रेसनका लागि जानुपर्ने बताएका खड्काले अप्रेसन गर्ने, खाने, बस्ने, जाने–आउने कूल खर्च सामान्य ८ लाख लाग्ने बताउँछन् । साथी भाइ र आफन्तको सहयोगमा यसअघिको उपचार गरेपनि हाल उपचार गर्नसक्ने अवस्था नभएकोले खड्काले सबैमाझ आर्थिक सहयोगको अपिल गरेका हुन् ।

खड्कालाई सहयोग गर्नका लागि दाङ तुल्सीपुरस्थित एनआइसी बैंकमा रहेको रहेको उनको खाता नम्बर 0655751118949001 रकम पठाउन सकिने छ । खड्काको ९८५१२८०१७६ र ९८४१३९६४२३ मा फोन गरेर बुझ्न सकिने बताइएको छ ।

 

वि.सं.२०७९ वैशाख ४ आइतवार १६:०५ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...