back
CTIZAN AD

२९ अकंले घट्यो नेप्से

वि.सं.२०७९ वैशाख ४ आइतवार

702 

shares

२८ चैत, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) २९ दशमलब ६० अकंले घटेर २३८५ दशमलब ६४ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब १२ अकंले घटेर ४५० दशमलब ९७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैंया बराबरको ३४ लाख ७ हजार २७२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा २९ हजार ४४ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिष्टिलरी, नबिल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रोपावर, नेपाल इन्फ्रस्ट्रक्चर बैंक, एचआईडिसिएल, नेपाल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा नेस्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन भने सबै भन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा, इमर्जिङ्ग नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ्ग पावर, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १५:१३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...