back
CTIZAN AD

चीन-ताइवान विवाद : युद्ध भयो भने कसलाई हुन्छ घाटा ?

वि.सं.२०७९ वैशाख ४ आइतवार

1.1K 

shares

काठमाडौं । रुस र यूक्रेनबीचको विवाद साम्य नहुँदै अमेरिकाकै भूमिकाको कारण चीन र ताइवानबीच विवाद बढेको छ । दुई देशबीच युद्ध नै हुने त होइन भन्ने पनि आशंका देखिएको छ । तथापी, दुई देशबीचको आर्थिक सम्बन्धलाई नियाल्दा तत्कालै युद्ध हुने सम्भावना नदेखिएको अन्तराष्ट्रिय मिडियाको रिपोर्ट छ । ताइवानको मुद्दालाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गए पनि पछिल्लो समय ताइवान र चीनबीचको व्यापार तीव्र गतिमा बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

गत आर्थिक वर्षमा ताइवानले चीनमा २७० अर्ब डलर बराबरको निर्यात गरेको थियो । यो ताइवानको वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० प्रतिशत थियो। गत वर्ष ताइवानको जीडीपी ६६८ बिलियन डलर थियो। यसैबीच चीनमा ताइवानको लगानी २०० अर्ब डलरभन्दा बढी पुगेको छ ।

ताइवान सरकारको वेबसाइटका अनुसार, ताइवान अब चीनमा सबैभन्दा ठूलो विदेशी निर्यातकर्ता बनेको छ। सन् १९९१ देखि मे २०२१ सम्म चीनमा ताइवानबाट ४४,५७७ लगानी प्रस्ताव स्वीकृत भएको थियो। यसअन्तर्गत १९३ अर्ब ५१ करोड डलर लगानी भएको थियो ।

हाल चीनले सबैभन्दा बढी कम्प्युटर चिप्समा ताइवानबाट आयात गरिरहेको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा लगाइएको व्यापार प्रतिबन्धपछि ताइवान चीनको सेमीकन्डक्टर उद्योगको लागि ठूलो सहयोगी बनेको विज्ञहरू बताउँछन्।

वेबसाइट एशिया टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार हाल चीनमा कार्यरत चिप फ्याब्रिकेसन इन्जिनियरमध्ये करिब २० प्रतिशत ताइवानी छन् । यी व्यक्तिहरूले चीनमा चिप उत्पादन सुविधाहरू स्थापना गर्न ठूलो भूमिका खेलिरहेका छन्। यस प्रतिवेदनमा भनिएको छ– “पछिल्लो दुई वर्षमा चीन, अमेरिका र ताइवानको एकअर्कामाथि निर्भरता बढेको छ । रणनीतिक तनावका कारण उनीहरुबीचको व्यापार अवरुद्ध भयो भने यी देशको उत्पादन र उपभोग दुवैमा ठूलो असर पर्नेछ ।”

यस रिपोर्टका अनुसार चिप उद्योगमा ताइवानको ठूलो लगानीको सफलता चीनबाट आउने मागमा निर्भर छ । २०२० मा, चीनले ताइवानबाट ३५० बिलियन डलर मूल्यको चिप्स आयात गर्यो। अहिले चिपको बजार जति चीनमा छ, त्यति विश्वमा छैन । विज्ञहरू भन्छन् कि यदि ताइवानको चीनमा निर्यातमा बाधा पुग्यो भने ताइवानको चिप उद्योगले ठूलो नोक्सान बेहोर्नेछ । अर्कोतर्फ, चीनको इलेक्ट्रोनिक उद्योगले पनि सोही स्तरमा असर गर्नेछ ।

अहिले ताइवानमाथि चीनको निर्भरता यति धेरै छ कि ताइवानमाथि आक्रमण गर्नु उसको हितमा नहुने सुरक्षा विज्ञहरू बताउँछन्। यस्तो अवस्थामा ताइवानले अचानक आफ्नो स्वतन्त्रताको घोषणा गरेमा मात्रै उसको आक्रमणको सम्भावना बढ्नेछ। उल्लेखनीय कुरा के छ भने चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, चीनमा कम्युनिस्ट क्रान्ति भएदेखि त्यहाँ चिनियाँ सरकारले शासन गरेको छैन।

एशिया टाइम्सको रिपोर्टले अर्थशास्त्रीहरूलाई उद्धृत गर्दै भनेको छ कि यदि चीनले ताइवानमाथि आक्रमण गर्‍यो र अमेरिकाले जवाफमा सैन्य कारबाही गर्यो भने त्यसबाट हुने आर्थिक क्षतिको अनुमान गर्न गाह्रो छ। यस घटनाको प्रभावले विश्वभरका लगभग सबै उद्योग र बजारहरूलाई असर गर्नेछ। यी अर्थशास्त्रीहरूले कूटनीतिक मामिलामा बढ्दो तनावका बाबजुद अमेरिकामा चीनबाट हुने आयात निरन्तर बढेको औंल्याएका छन् । एजेन्सीबाट

वि.सं.२०७९ वैशाख ४ आइतवार १५:४८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...