back
CTIZAN AD

३४८९ नमुना परीक्षणमा १२ जनामा कोरोना संक्रमण, ३६ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख ४ आइतवार

672 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ३,४८९ नमुना परीक्षणमा १२ जनामात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १२ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६६९ पुगेको छ । साथै आज निको भएका ३६ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ३३९ पुगेको छ ।

नेपालमा हाल ३७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ३६० जना होमआइसोलेशन र १५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ९ जना आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७५८ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थप ९ जनामा कोरोना संक्रमण, ४४ जना निको

वि.सं.२०७९ वैशाख ४ आइतवार १६:५७ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...