काठमाडौं । यु-२० राष्ट्रिय रग्बि प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाल रग्बि संघ र चितवन जिल्ला रग्बि संघको सहकार्यमा बैशाख ३ गते भरतपुर चितवनमा सम्पन्न भएको हो ।
रग्बि प्रतियोगितामा पुरुषतर्फ पोल ए तर्फ गोर्खाली रग्बि क्लब काठमाडौं, चितवन रग्बि क्लव र बडिमालिका रग्बि क्लब धनगडी त्यस्तै पोल बि तर्फ, मकवानपुर रग्बि क्लब र हिमालयन रग्बि क्लबको सहभागिता रहेको थियो । यसैगरी महिला तर्फको पोल ए तर्फ मकवानपुर रग्बि क्लब,नेपाल वेमेन्स रग्बि र बडिमालिका रग्बि क्लब थियो भने पोल बि तर्फ हिमालयन रग्बि क्लब र चितवन वरियर्स क्लबको सहभागिता थियो ।
पुरुष तर्फको प्रतियोगितामा गोर्खाली रग्बि क्लब अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बि क्लब लाइ ३/५ को स्कोर सहित प्रथम हुन सफल भयो भने महिला तर्फको बडिमालिका रग्बि क्लबले हिमालयन रग्बि क्लब लाइ १०-० को फराकिलो अन्तरले जित हासिल गर्दै प्रथम हुन सफल भयो । प्रतियोगितामा उत्कृष्ट पुरुष तर्फको गोर्खाली रग्बि क्लबका रोहन डंगोल र महिला तर्फ बडिमालिका रग्बि क्लबका जर्सि नं ७ को अर्पना थापा उत्कृष्ट हुन सफल भए ।
वि.सं.२०७९ वैशाख ४ आइतवार १७:०४ मा प्रकाशित
























