back
CTIZAN AD

काँकडभिट्टामा बैंक अफ काठमाण्डूको नयाँ शाखा विस्तार

वि.सं.२०७९ वैशाख ५ सोमवार

831 

shares

५ वैशाख । बैंक अफ काठमाण्डूलेको मेचीनगर नगरपालिका वडा नं.०६, काँकरभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । शाखाको एक समारोहकाबीच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन ।

समारोहमा मेचीनगर नगरपालिकाका नगर उप-प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बैंकका संचालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार ११:२० मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...