back
CTIZAN AD

कानुनको धज्जि उडाउँदै सरकारी स्कूलको आडैमा निजी विद्यालय

वि.सं.२०७९ वैशाख ५ सोमवार

777 

shares

गोर्खा । गोर्खाको सहिद लखन गाउँपालिका वाडा नं. ३ मा रहेको श्री मनकामना मा.वि.को आडैमा कानुन विपरित मनकामना होलीभिजन एकेडेमी नामक निजी विद्यालय सन्चालनमा रहेको छ ।

पालिकास्रोतका अनुसार उक्त स्कुल नेकपा एमाले सहिद लखन गाउँपलिका अध्यक्षसमेत रहेका मनोज जोशीको स्वामित्वमा रहेको छ । विद्यालय सन्चालन मापदण्ड अनुसार पनि एक विद्यालयदेखि अर्को विद्यलयको दुरी कम्तीमा ५०० मीटर हुनुपर्ने व्यवस्था छ । तर उक्त विद्यालय भने सरकारी स्कूलसंगै टाँसिएकाे छ ।

अध्यायन गर्दैछौं आवस्यक कार्वाही गछौंः प्रमुख शिक्षा शाखा, सहिद लखन गाउँपालिका

विद्यालय के–कसरी सन्चालन भैरहेको छ भनेर अध्ययन भैरहेको सहिद लखन गाउँपलिका शिक्षा शाखाले जनाएको छ । पालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालकाले उक्त विद्यालय कसरी र कहिलेदेखि सन्चालनमा आएको हो, अध्ययन गरेर चाडैं नै आवस्यक निर्णय गरिने बताए ।

संचालकहरु धेरै छन् स्कूल एक जनाको नाममा छ, नाम भन्न मिल्दैनःजोशी

३०–३५ जनाको लगानी भए पनि स्कूल एक जनाको नाममा रहेको तर संचालकको नाम भन्न नमिल्ने मनोज जोशीले बताए ।
‘२०–२२ वर्ष अगाडी दुईवटा स्कूल मर्ज भएर उक्त विद्यालयको स्थापना भएको हो ।’ जोशीले भने, ‘त्यसमा ३०–३५ जना साथीहरुको लगानी र रोजगारी जोडिएको छ ।’

जोशीले विद्यलाय चाडैनै स्थान्तरण गरिने बताए । ‘उपर्युक्त ठाउँको खोजी भैरहेको छ,’ जोशीले भने, ‘ठाउँ भेटीने बित्तिकै स्थान्तरण हुन्छ ।’

विद्यालयमा आफ्नो लगानी रहेको कुरा झुटो भएको जोशीकाे भनाइछ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १७:३६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...