back
CTIZAN AD

युक्रेनको लभिभ सहरमा पाँच ‘शक्तिशाली’ मिसाइल आक्रमण हुँदा ६ जनाको मृत्यु

वि.सं.२०७९ वैशाख ६ मंगलवार

753 

shares

लभिभ, युक्रेन । युक्रेनको पश्चिमी सहर लभिभमा सोमबार पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ ।

लभिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान लभिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन ।

घाइतेको सङ्ख्या आठ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या बढ्ने क्रममा छ । लभिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ ।

रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू लभिभ सहरमा आएका थिए । खार्किभ, कीभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए ।

मार्च १३ मा पश्चिमी युक्रेनी सहर लभिभमा रुसी सेनाले कुनै पूर्व जानकारीबिना त्यस सहरमा एक्कासी आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो ।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतका लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो ।

उक्त आक्रमण पछि रुसले अहिले अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ ।एएनआई

file photo

वि.सं.२०७९ वैशाख ६ मंगलवार ०७:५९ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...