back
CTIZAN AD

०७४ दोहोरिने चिन्तामा देउवा, भने– गठबन्धन टुटाउनै हुन्न, सबैलाई मिलाउनुपर्छ

वि.सं.२०७९ वैशाख ६ मंगलवार

696 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउनै नहुने बताएका छन् । नेपाली विद्यार्थी संघको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गठबन्धन टुटेमा कम्युनिस्ट पार्टीहरु एमालेसँग मिल्न जाने देउवाको चिन्ता छ।

“हामीले गठबन्धन टुटाउने हो भने कम्युनिष्टहरु एमालेसँग मिले भने हाम्रो के अवस्था होला ?”, देउवाले भनेका छन्, “पहिला ९२०७४०को जस्तै होला। अहिले एकलौटी रुपमा बहुमत आउने सम्भावना छैन ।”

देउवाले गठबन्धन टुटाउन चौतर्फी षड्यन्त्र पनि भइरहेको बताएका छन् । उनले पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री भएको र यो गठबन्धन चुनावसम्मै लैजाने बताए। गठबन्धनमा रहेका दलहरूलाई चुनावमा उचित स्थान दिनुपर्ने देउवाको भनाई छ ।

“कांग्रेस ठूलो पार्टी छ धेरै सिट लिनुस्। हामीलाई पनि केही सिट दिनुस् भनेका छन्”, देउवाले भने, “उनीहरूलाई पनि सम्मानजनक स्थान दिनुपर्छ। एकोहोरो कुरा गरेर हुन्न । गठबन्धन बचाउनै पर्छ ।”

विगतमा एमाले र माओवादी मिल्दा कांग्रेसले नराम्रो हार व्यहोरेको देउवाको भनाई छ ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १३:२२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...