मुगु । मुगुको सोरु गाउँपालिका–६ पुरुमुरु ३९ बर्षिय केशरजंग शाही पालिका प्रमुखमा उम्मेदवारी दिने तयारीमा छन् । बिगत एक दशक देखि नेबिसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनी यो पटकको स्थानीय निर्बाचनमा कांग्रेसबाट सोरु गाउँपालिका प्रमुखमा आकाक्षा देखाएका छन् ।
आकाक्षा मात्र नभएर उनले प्रमुख उम्मेदवार टिकटको लागि काग्रेसका नेताहरुबीच लबिङ्गको सुरुवात पनि गरेका छन् । नेपाली कांग्रेसको १२ औ अधिबेशसनमा महाअधिबेशन प्रतिनिधिमा बिजयी भएका तथा १३ औ जिल्ला अधिबेसनमा महासमितिबाट पराजय भएका शाहीले पालिका प्रमुख पदमा इच्छा देखाएका हुन् ।

शाहीले गाउँबस्तीमा मतदातासंग परिचित हुदै भोट माग्न समेत सुरु गरेका छन् । आफु पालिका प्रमुखमा निर्बाचित भए बिद्युत, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्र सुधारमा पहिलो एजेण्डा हुने बताएका छन् । रारा तातोपानी पर्यटकीय पदमार्ग निर्माण गर्ने । सिपदाक्चा मुगु कर्णालीमा बृहत बिद्युत उत्पादन जस्ता महत्वकाक्षी काम गर्ने उनको भनाई छ ।

त्यस्तै सोरु गाउँपालिका–२ का ३४ बर्षिय कर्णजंग शाही पनि गाउँपालिकाको प्रमुखको दाबेदारमा छन् । नेपाली कांग्रेस गाउँ कमिटीको तरुणदल पदबाट राजनीतिक यात्रा सुरुगरेको कर्णजंंग पहिलो बर्षको स्थानीय निर्बाचनमा वडा सदस्य जितेका थिए । हाल उनी स्थानीयतहको निर्वाचनमा पालिका प्रमुखको तयारीमा दौडधुप गरिरहेका छन् ।
गाउँबस्तीमा पुगेर मतदाता भेटघाट तथा स्थानीयतहको बिकास निर्माण, महिला शसक्तिकरण शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगारी जस्ता चुवानी मुद्दामा केन्द्रीत रहेर उनी घरदैलो अभियान गरिरहेका छन् ।
छायाँनाथ रारा नगरपालिका–४ भामबाडा गाउँका ३३ बर्षिय बिष्णु कुमार भाम यो पटकको स्थानीय निर्बाचन नगर प्रमुखको आकाक्षी देखिएका छन् । २०७४ सालको स्थानीय निर्बाचनमा वडानं–४ मा वडाअध्यक्षमा निर्वाचित भएका भाम अहिले नगर प्रमुखको दौडधुपमा लागेका छन् ।

पाँचबर्षे कार्यकालमा आफनो सम्पूर्ण पारिश्रमिक गरिव, दलित जेहेन्दार, अपाङ्ग, एकल महिलालाई राहत बितरण गरेका भाम समुदायस्तरमा लोकप्रिय देखिएका छन् ।
कांग्रेसबाट नगरप्रमुखको टिकट पाएमा नगरको कायपलट गर्ने प्रतिबद्धता गरेका उनी स्थानीयदेखि राजनीतिक भेटघाटमा ब्यस्त छन् ।
बिद्युत उत्पादन, बालबिबाह न्यूनिकरण, जातिय बिभेदको अन्त्य तथा नगरभित्रका स्थानीयलाई शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी बिद्युत जस्ता मुख्य आबश्यकता परिपूर्ति गर्नमा लागिपर्ने भामको प्रतिबद्धता छ ।
स्थानीय निकायमा ४० वर्ष मुनिका युवाहरुको चासो
२०७४ सालको स्थानीय निर्बाचन भन्दा २०७९ को निर्बाचनमा ४० बर्षमुनिका युवाले वडाअध्यक्षदेखि पालिका र नगरप्रमुख पदमा चासो बढाएको पाइएको छ ।
मतदातादेखि सामाजिक अभियन्ताले समेत यो पटकको निर्बाचनमा पढेलेखेका जुझारु तथा बिकासप्रेमी युवाहरुलाई दलले प्राथमिकता दिएर जिताउनु पर्ने भनाई छ ।
आफनो गाउँबस्तीको बिकास गर्ने जनताका दुःख पीडा मर्का बुझन सक्ने युवालाई राजनीतिक दलले प्राथकिमता दिएर स्थानीय निर्बाचन वडाअध्यक्ष तथा पालिका प्रमुख लगायतका पदमा जिताउनुपर्ने नागरिक अधिकारकर्मी रुपबहादुर मल्लको भनाई छ ।
‘अघिल्ला वर्षका स्थानीय निर्बाचनमा बुढापाका, अनपढ ब्यक्तिलाई पार्टीले टिकट दिएर जिताउँदा गाउँको परिवर्तनका लागि केही गर्न सकेनन् ।’ मल्लले भने, ‘फेरि पनि त्यस्ता ब्यक्तिलाई प्राथमिकता दिए जनताले दुःख पाउने छन् ।’
वि.सं.२०७९ वैशाख ६ मंगलवार १४:३२ मा प्रकाशित






























