back
CTIZAN AD

हान र ट्रेड युनियनबीच ५ बुँदे सम्झौता

वि.सं.२०७९ वैशाख ६ मंगलवार

558 

shares

काठमाडौं । होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियनबीच तलब भत्ता तथा सेवा सुविधाका विषयमा ५ बुँदे सम्झौता भएको छ । होटल संघकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा सोमबार उक्त सम्झौता भएको हो ।

कोरोना महामारीपछि सञ्चालनमा आएका होटलका लागि २०७६ चैत ११ गते भन्दा अघि श्रमिक तथा कर्मचारीहरुले प्राप्त गर्दै आएको तलब सुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधा उपलब्ध गराउने र सरकारले बढाएको पारिश्रमिक लागु गर्ने सम्झौता भएको हो ।

सम्झौतामा सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका र आंशिक रुपमा सञ्चालनमा आएका होटलहरुको हकमा स्थानीय आधिकारिक युनियन वा क्रियाशिल ट्रेड युनियन वा व्यवस्थापन बीचमा हुने सम्झौता बमोजिम हुने उल्लेख छ ।

यसैगरी विगतमा भएका सम्झौताहरुको हकमा कुनै पनि विवाद नगर्ने र समस्या आएमा आपसी सहमतिमा टुंग्याउने सम्झौता भएको छ । सम्झौतामा बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल र प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गर्नु पर्ने उल्लेख छ ।

हान र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच सम्झौता भएको हो ।

वि.सं.२०७९ वैशाख ६ मंगलवार १४:३२ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...