मस्को, रूस । रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ ।
विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासका लागि युरोपियन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन र इन्टरनेशनल फाइनान्स कर्पोरेशन लगायतको संस्थाहरूको अंश रहेको रूसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली सुरु गरेको हो । यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिनेछ । एएनआई/स्पुतनिक
वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:०८ मा प्रकाशित






























