back
CTIZAN AD

भारत भ्रमणमा आउँदै युरोपेली आयोगकी अध्यक्ष

वि.सं.२०७९ वैशाख ७ बुधवार

801 

shares

नयाँ दिल्ली ।  युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मङ्गलबार बताएको छ ।

विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएअनुसार युरोपेली आयोगका अध्यक्षको रूपमा उनको यो पहिलो भारत भ्रमण हुनेछ ।

आफ्नो भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछिन् । उनले राष्ट्रपति रामनाथ कोविन्द र अन्य विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । युरोपेली आयोगका अध्यक्षलाई यसवर्षको रायसिना संवादको संस्करणका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको हो । उनले अप्रिल २५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्ने बताइएको छ ।

“भारत र युरोपेली सङ्घ एक जीवन्त रणनीतिक साझेदार हुन् जसले राजनीतिक र रणनीतिक, व्यापार र वाणिज्य, जलवायु र दिगोपन, डिजिटल र प्रविधि पक्षहरू साथै जनता–जनता सम्बन्धहरूमा व्यापक र गहिरो सहयोगको साथ देखिरहेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मे २०२१ मा भारत–ईयू नेताहरूको बैठकले व्यापार वार्ता पुनः सुरु गर्ने निर्णय र भारत–ईयू साझेदारीको सुरुआतको साथ नयाँ कोसेढुङ्गा तय भएको थियो ।

युरोपेली आयोगका अध्यक्षको आगामी भ्रमणले प्रगति समीक्षा र ईयूसँग बहुआयामिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर हुनेछ ।एएनआई

वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:०४ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...