७ वैशाख, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरले यस आईपिएलमा आफ्नो पाँचौँ जित हासिल गरेको छ । बेङ्गलोरले लखनऊ सुपर जायन्ट्सलाई १६ रनले पराजित गर्दै आफ्नो पाँचौँ जित हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा कप्तान फाफ डु प्लेसिसले ६४ बलमा ९६ रनको शानदार पारी खेलेका थिए । लखनऊका लागि बलिङ्गमा दुष्मन्थ चमिरा र जशेन होल्डरले सर्वाधिक २ २ विकेट हात पारेका थिए ।
बेङ्गलोरले दिएको १८२ रनको लक्ष्य लखनऊले पुरै २० ओभर ब्याटिङ्ग गर्दा पनि पुरा गर्न सकेन । लखनऊको टिमले २० ओभरमा ८ विकेट १६३ रनमात्र बनाउन सक्यो । लखनऊका लागि ब्याटिङ्गमा कुणाल पांड्याले सर्वाधिक ४२ रन बनाएका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा जश हेजलवुडले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
जितसँगै बेङ्गलोर ७ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लखनऊ सुपर जायन्ट्स ७ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको चौँथो स्थानमा रहेको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार ११:४० मा प्रकाशित
























