८ वैशाख, काठमाडौँ । दिल्ली क्यापिटल्सले यस आईपिएलमा आफ्नो तेस्रो जित हासिल गरेको छ । दिल्लीले पंजाब क्रिग्सलाई ९ विकेटले पराजित गर्दै आफ्नो तेस्रो जित हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेका पंजाबले २० ओभरमा १० विकेट गुमाएर ११५ रन मात्र बनाएको थियो । पंजाबका लागि ब्याटिङ्गमा जितेश शर्माले सर्वाधिक ३२ रन बनाएका थिए भने दिल्लीका लागि बलिङ्गमा कुलदिप यादव, अक्सर पटेल, खलिल अहमद र ललित यादवले सर्वाधिक २/२ विकेट हात पारेका थिए ।
पंजाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि डेविड वार्नरले ३० बलमा ६० रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी पृथ्वी शहले ४१ र शरफराज खानले १२ रनको योगदान दिएका थिए ।
जितसँगै दिल्ली क्यापिटल्स ६ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको छौँठौँ स्थानमा उक्लिएको छ ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १०:०१ मा प्रकाशित
























