back
CTIZAN AD

‘दुई छाक टार्नसमेत कठिन भएको भन्दै अफगान नागरिकद्वारा काबुलमा आत्मदाह’

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

774 

shares

काबुल, अफगानिस्तान । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

करिब २० वर्षका अफगानी नागरिक स्पिन गुलले अप्रिल १८ मा आफैँले शरीरमा आगो लगाएका थिए । आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खामा प्रेसले जनाएको छ ।

चार छोराछोरीका बाबु गुल आफ्नो परिवारका लागि आम्दानीको एक मात्र स्रोत थिए । गरिबीका कारण उनी पछिल्लो समय मानसिकरूपमा पनि अस्थिर रहेको गुलका दाजुले बताएका छन् ।

गुलकी हजुरआमाका अनुसार ठेलागाडामा तरकारी बेच्दै आएका गुलले देशमा शासन परिवर्तन आएपछि परिवारमा आएको आर्थिक सङ्कटका कारण आत्महत्या गरेको बताइन् ।

खराब आर्थिक अवस्थाका कारण गुलेले आत्महत्या गरेको प्रतिवेदनको खण्डन गर्दै अफगान आन्तरिक मन्त्रालयले मृतकलाई मानसिक सन्तुलन ठीक नभएको बताएको खामा प्रेसले जनाएको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानले आर्थिक सङ्कटको सामना गरिरहेको परिवारका आफन्तहरूले दाबी गरेका छन् ।

सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो ।

तालिबानको सत्तामा द्रुत आरोहणको परिणामस्वरूप आर्थिक गडबडी र खाद्यान्नको अभाव भई देशको गरिब सुमुदायमा मानवीय सङ्कट आएको तालिबानका आलोचकहरूले बताउने गरेका छन् ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि युरोप तथा अमेरिकाले उनीहरूको मुलुकमा रहेको अफगान सम्पत्तिलाई रोक्का गरेको र दाताराष्ट्रले तालिबान शासकमाथि शङ्काको दृष्टिले हेर्दा अफगानिस्तानमा आर्थिक सङ्कट झाँगिएको बताउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अफगानिस्तानमा हाल २३ लाख मानिसले खाद्यान्न अभावको सामना गरिरहेका र ९५ प्रतिशत अफगानीहरूसँग दिनमा दुई छाक टार्ने स्रोतको समेत अभाव रहेको र उनीहरूलाई दाताहरूको सहयोग उपलब्ध गराइने गरिएको छ ।एएनआई

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०८:४० मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...