back
CTIZAN AD

खानेपानी आयोजना निर्माण सुरु भएपछि शेरबहादुरको शुद्ध खानेपानी पाउने आशा

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

741 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ मा रु सात करोडको लागतमा खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको छ । “लामो समयदेखि हेण्डपम्पको पानी प्रयोग गर्दै आएका थियौँ”, स्थानीय शेरबहादुर सार्कीले भने, “आयोजना निर्माण हुन थालेपछि शुद्ध खानेपानी पाउनेमा आशावादी छौँ ।”

हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायत रसाइनका कारण विभिन्न किसिमका रोगको समस्या स्थानीय बासिन्दाले झेल्दै आएका छन् । छ सय घरघुरीमा सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । दुई वर्षभित्रै उक्त आयोजना सम्पन्न गर्ने गरी कार्य भइरहेको छ । उहाँका अनुसार स्थानीय बासिन्दाका घरघरमा खानेपानी पु¥याउने लक्ष्यअनुरुप कार्य अगाडि बढाइएको छ । आवश्यकताका आधारमा सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य चौकीलगायत क्षेत्रमा धारा राख्ने योजनासमेत छ ।

“खानेपानी आयोजनासँगै वडा क्षेत्रमा नगर उद्यान निर्माणको कार्यसमेत अगाडि बढ्ने भएको छ”, वडाध्यक्ष ऐरले भने, “रु दुई करोड २० लाखको लागतमा नगर उद्यान निर्माण हुन लागेको छ ।”चार बिघा जग्गामा निर्माण भइरहेको उद्यानमा बालबालिकाका लागि खेल्ने मनोरञ्जन गर्ने साधनसँगै फूलबारी, सौर्यबत्ती, पानीका फोहरा राखिनेछन् । पालेघर, पर्खालसँगै शौचालयसमेत निर्माण गरिने छ । घरकटुवा खोलामा रु ८३ लाखको लागतमा मल्टिस्पान झोलुङ्गेपुल, रु १२ लाखको लागतमा वडाका विभिन्न स्थानमा सौर्यबत्ती, रु चार लाखको लागतमा १२० वटा सडक बत्ती, रु १४ लाख ५० हजारको लागतमा २७ ठाउँमा खानेपानीको अटोजन नल्का गाडिएको छ ।

 

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १३:२० मा प्रकाशित

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...