back
CTIZAN AD

मन्दिरमा विवाह गर्दा प्रमाणपत्र अनिवार्य

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

657 

shares

खलङ्गा । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्मदर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो । मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधीखोजी गरिँदैैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उनको भनाइ छ ।

अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ । विवाह गर्न आएकाहरुको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ । उमेर नुपगेकालाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताए । यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ ।

 

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १२:५७ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...