back
CTIZAN AD

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको भेटवार्ता

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

660 

shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेका नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उनीप्रति आभार पनि व्यक्त गरे ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए । महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आएका थिए । नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले भेटवार्ता गरे ।

 

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १५:३५ मा प्रकाशित

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...