काठमाडौं । गोरखा जिल्लामा नेपाली कांग्रेसले अन्य दलसँग चुनावी तालमेल नगर्ने भएको छ । कांग्रेसले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै चुनावमा जाने भएको हो ।
नेपाली कांग्रेस गोरखाले कुनैपनि दलसँग तालमेल गर्न नमिलेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने केन्द्रको प्रावधान रहेकाले कांग्रेस एक्लै चुनावमा जाने निर्णय गरेको जनाएको छ । शनिबार बसेको गठबन्धनको संयन्त्र बैठकमा पनि दलहरुले आ– आफ्नो हिसाबले चुनावमा जाने निर्णय गरेका थिए ।
कांग्रेसले जिल्लाको एघार वटै पालिका र ९४ वटै वडामा उम्मेदवारी दिने भएको छ । उम्मेदवारको टुंगो आज साँझसम्म लाग्ने बताइएको छ ।
वि.सं.२०७९ वैशाख ११ आइतवार १२:५५ मा प्रकाशित





























