back
CTIZAN AD

भरतपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल, यस्तो छ भागवण्डा

वि.सं.२०७९ वैशाख १२ सोमवार

807 

shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालेमल हुने भएको छ ।

आइतबार राति दुवै दलबीच भएको सहमति अनुसार भरतपुर महानगरमा एमालेले प्रमुख पद राप्रपाले उपप्रमुख पद लिने सहमति भएको एमाले चितवनका इन्चार्ज तथा केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिएका छन् ।

उनका अनुसार एमालेले महानगरको प्रमुख पदमा विजय सुवदेीलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा राप्रपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

उक्त सहमति अनुसार महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने राप्रपाले पाउने भएको छ भने वडा नंं. ४,११, १६,१९ र २४ का वडा अध्यक्षमा दुवै दलबीच मित्रवत प्रतिश्पर्धा हुने बताइएको छ । साथै बाँकी वडामा एमालेले वडाअध्यक्षसहित सदस्य र केही वडामा एमालेले अध्यक्ष लिने भएको छ भने राप्रपाले दुईजना सदस्य पाउने सहमति भएको छ ।

यसअघि चुनावी तालेमलका लागि नेपालगन्ज लगायतका केही स्थानीयतहमा राप्रपा र एमालेबीच छलफल भएपनि सहमति भने हुन सकेको थिएन ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ०८:२३ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...