back

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन

वि.सं.२०७९ वैशाख १२ सोमवार

318 

shares

१२ वेशाख, काठमाडौँ । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाका अनुसार यसअघि बुद्धि सागर सुबेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयां जिम्मेवारी दिइएको हो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमा भित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नतिरे पछि सुवेदीको कार्यसमिति कार्यवाहीमा परेको सापकोटाले जानकारी दिए । संघको विधान अनुरुप केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधान रहेको छ ।

गैर आवासीय नेपाली संघको विधान २००३ को (संसोधन २०२१० दफा १७. ७) अनुसार सुबेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नु पर्ने अवस्था आएको सापकोटाले जनाए ।

सुवेदी संघका पूर्वअध्यक्ष शेष घले निकटवर्ती मानिन्छन् । उनले २० हजार पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्क करिब १ लाख डलर केन्द्रमा बुझाएका छैनन् ।

यसअघि एनआरएनए अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिदै सबै हरहिसाव बुझाउन निर्देशन दिने निर्णय गरेको थियो । बैठकमा क्षेत्रीय उपसंयोजकद्धय अभिमन्यु बस्नेत, पशुपती पाण्डे, पुरुषोत्तम बोहरा लगायतको उपस्थिति थियो । संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा। बद्री केसीलाई जानकारी दिएको बताए ।

यस्तै गैरआवासीय नेपाली संघ यूके समेत संघको विधान बमोजिम खारेजीको अवस्थामा पुगेको छ । संघलाई तिर्न पर्ने करिब ६० लाख रुपैया बकौता रहदा एनआरएनए यूकेको कार्यसमिति विगठनमा परेको हो । बेलायतस्थित केही अगुवाहरुले यसै साता एक भेलाको आयोजना गरि नयां तर्दश समिति गठनको तयारी गरेका छन् ।

एनआरएनए अमेरिका र यूकेको नयां विवादले संघका कार्यकारी अध्यक्ष कुल आचार्यमाथि थप चुनौती थपिएको छ । यसअघि संघको ८३ औं बैठकले राष्ट्रिय समितिमा भएको विवाद मिलाउन महासचिवद्धय डा. केशव पौडेल र गौरीराज जोशीलाई दिएको थियो ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ११:०८ मा प्रकाशित

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...

मुख्यमन्त्री चौधरीसँग न्यूयोर्कका नेपालीले गरे ‘मिटिङ एण्ड ग्रिटिङ’ कार्यक्रम

मुख्यमन्त्री चौधरीसँग न्यूयोर्कका नेपालीले गरे ‘मिटिङ एण्ड ग्रिटिङ’ कार्यक्रम

अमेरिका ।  अमेरिकाका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर...