back
CTIZAN AD

चोरीको आरोपितबाट टिकट खोसेर एमालेले फेरि उस्तै विवादितलाई दियाे टिकट

वि.सं.२०७९ वैशाख १२ सोमवार

918 

shares

काठमाडौं । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरका लागि दीपक पौडेललाई हटाएर कृष्ण थापाको नाम अघि सारेको छ । सुन चोरीको भिडियो भाइरल बनेपछि पौडेललाई दिएको टिकट खोसेको एमालेले फेरि उस्तै विवादित छविका व्यक्ति कृष्णबहादुर थापालाई अघि सारेको हो ।

एमालेले उपमेयरमा भने मञ्जुदेवी गुरुङलाई नै निरन्तरता दिने भएको छ । एमाले सचिवालयले शनिबार मात्रै मेयरमा पौडेल र उपमेयरमा गुरुङलाई टिकट दिने निर्णय गरेको थियो । तर, सुन चोर्दै गरेको भनिएको भिडियो भाइरल बनेपछि एमालेले सोमबार उम्मेदवार फेरेको हो ।

तर, मेयरको उम्मेदवार बनाइएका थापा पनि विवादित छविकै पात्र हुन् । मेडिकल व्यवसायी थापाले धेरै प्रकृतिका व्यवसायमा हात हालेका छन् । तर, थापाको धेरै व्यवसायहरु विवादित प्रकृतिका छन् । उनीमाथि गुण्डा संरक्षण गरेको आरोप पनि छ ।

दुई वर्ष अघि मात्रै थापामाथि जातीय विभेद गरेको गम्भीर आरोप लागेको थियो । तर, उनीविरुद्व परेको निवेदनमाथि कुनै कारबाही भएको छैन । थापाविरुद्व प्रदेश कमिटी र संसदीय दलमा ०७७ वैशाख २६ मा उजुरी परेको थियो ।

थापाको विषयमा संघीय संसदमा पनि छलफल भएको थियो । तर, एमालेको केपी शर्मा ओली निकटका उनीमाथि कतैबाट कारबाही हुन सकेन ।

उनीविरुद्व हाल पनि कास्की जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन अवस्थामै छ ।

सम्बन्धित समाचार

पोखराको मेयर पदमा पौडेलको नाम काटेर कृष्ण थापालाई अघि सार्यो एमालेले

वि.सं.२०७९ वैशाख १२ सोमवार १२:१३ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...