back
CTIZAN AD

गठबन्धनमा समस्या : पोखरा र भरतपुरमा कांग्रेसबाट पर्‍यो बागी उम्मेदवारी

वि.सं.२०७९ वैशाख १२ सोमवार

816 

shares

काठमाडौं । पाँच दलीय गठबन्धनका बीचमा भएको सहमतिलाई अस्वीकार गर्दै पोखरा र भरतपुर महानगरमा कांग्रेसको असन्तुष्ट पक्षले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सोमबार पोखरामा ऋषि सापकोटा र भरतपुरमा जगन्नाथ पौडेलले मेयरको रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

दुवै ठाउँमा र्‍यालीसहित नेताहरु उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

भरतपुरको मेयरमा उम्मेदवारी दिएका पूर्वसांसद एवं कांग्रेस नेता जगन्नाथ पौडेलले कार्यकताको स्वाभिमानलाई जोगाउन उम्मेदवारी दिएको बताए । उनले आफ्नो उम्मेदवारी फिर्ता नलिने पनि स्पष्ट पारेका छन् ।

यता पोखराको मेयरमा उम्मेदवारी दिएका कांग्रेस नेता सापकोटाले आम कांग्रेस शुभेच्छुकको मनोभावनाअनुसार उम्मेदवारी दिएको बताए । उनले अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न नसक्ने भन्दै उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारे ।

पाँच दलीय गठबन्धनबीच भएको सहमतिअनुसार पोखरामा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्यले उम्मेदावारी दिएका छन् भने भरतपुरमा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छिन् । तर, गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेसले उम्मेदवारी दिएका ठाउँमा भने अन्य दलले उम्मेदवार खडा गराएका छैनन् ।

वि.सं.२०७९ वैशाख १२ सोमवार १६:१० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...