back
CTIZAN AD

एनसेलका उच्चपदस्थ कर्मचारी र एसपीएका विद्यार्थीहरुबीच अन्तर्क्रिया

वि.सं.२०७९ वैशाख १२ सोमवार

687 

shares

काठमाडौं । नेपालको दूरसञ्चार सेवा प्रदायक क्षेत्रमा निजी क्षेत्रको कम्पनी एनसेलका उच्चपदस्थ कर्मचारी र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीहरुबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसेलका उच्चपदस्थ कर्मचारीहरु र एसपीएका विधार्थीहरुबीच सोमबार अन्तर्क्रिया कार्यक्रम भएको हो ।

एनसेलका प्रमुख कर्मर्सियल अफिसर प्रदीप श्रीवास्तव, ग्राहक सेवा तथा अपरेसन प्रमुख ज्योती दाहाल, ग्राहक सेवा तथा अपरेसन कमिर्सिएलकी टिम हेड सुमित्रा अर्याल, कमर्सियल कोर्डिनेटर सन्तारा ताम्राकार, प्रोडेक्ट र डिभायस म्यानेजर राजेश मानन्धर, सिनियर स्पेशलिष्ट प्रणय श्रेष्ठ तथा सुदूरपश्चिमका सेल्स प्रमुख नवराज भट्टलगायतले एसपीएलका विधार्थीहरुसँग आफूहरुको अनुभव र कर्पोरेट क्षेत्रका व्यवहारिक ज्ञानबारे अन्तर्क्रिया गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रममा एनसेलका प्रमुख कर्मर्सियल अफिसर श्रीवास्तवले एनसेलको ब्रान्ड कलरसँग मिल्दोजुल्दो ब्रान्ड कलर एसएपीएको पनि भएको भन्दै खुशी व्यक्त गरे । विश्वबजार सबैका लागि खुला भएको उदाहरण दिदैँ उनले जुनसुकै कुनाबाट उदाएका व्यक्तिले पनि अविश्वसनीय सफलता हासिल गर्न सक्ने भन्दै विधार्थीलाई प्रेरणा दिए ।

एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले अतिथीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै बहुराष्ट्रिय कम्पनीबाट श्रीवास्ताव जस्ता उच्चपदस्थ कर्मचारीहरु एसपीएमा आउनु ठूलो उपलब्धि भएको बताए । ‘एसपीए कलेजले आफ्नो विधार्थीलाई विद्धता र जीवनप्रतिको चुनौतीलाई कसरी पार लगाउने कसरी आफूलाई मार्केटमा स्थापना गर्ने कला सिकाउने गर्छन् । त्यो कला सिकाउने भनेको व्यवहार फर्मेसनको कुरा हो,’ क्याम्पस प्रमुख गौतमले भने, ‘धेरै मान्छेहरुले विश्वविद्यालयको डिग्री हासिल गरेपनि व्यवहारिक जीवनमा फेल खाएका छन् । हाम्रो अवधारणा नै स्मार्ट जमानाको स्मार्ट एसपियन भन्ने हो । यस्ता किसिमका ट्वारिङ पर्सानालिटीको जीवन नै आफैमा सयौं किताब पढ्नुभन्दा बढी महत्वपूर्ण हुन्छ । उहाँहरुको कुराले विधार्थीको जीवनमा प्रेरणा मिल्छ । यस्ता गतिविधि हामीले निरन्तर गरिरहेका हुन्छौं र आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’ धेरैको पहुँचभन्दा पनि बाहिरका व्यक्तित्वहरुसँग एसपीएकै विधार्थीहरु सम्पर्कसुत्रका रुपमा रहनु कलेजकै लागि खुशीको कुरा भएको क्याम्पस प्रमुख गौतमले बताए ।

अन्तर्क्रिया सहभागिता जनाएपछि स्नातक प्रथमवर्षमा अध्ययनरत विधार्थी नमिता हमालले एसपीए कलेजले सैद्धान्तिक ज्ञानसँगै जीवनलाई व्यवहारिक रुपमा कसरी अघि बढाउने भन्ने कुरालाई पनि निरन्तरता दिएको भन्दै खुशी व्यक्त गरिन । एसपीएकै एमबीएस अध्ययनरत विधार्थी टंक ओझाको संयोजनमा उक्त अन्तर्क्रियात्मक कार्यक्रम भएको हो ।

 

वि.सं.२०७९ वैशाख १२ सोमवार १६:१८ मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...