back
CTIZAN AD

धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाको उम्मेदवारी (नामावलीसहित)

वि.सं.२०७९ वैशाख १३ मंगलवार

891 

shares

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा (एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमहानगरको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै उपप्रमुखमा नेकपा (एमाले) का कन्दकला राना थारू, नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमलाकुमारी पन्त ओझा र स्वतन्त्रबाट कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्लाका अन्य १२ पालिकामा समेत उम्मेदवारी दर्ताको काम गए अबेर राति सम्पन्न भएको छ ।

थेगिनसक्नु भीड

उम्मेदवारीको मनोनयन दर्ता गराउने सोमबार अन्तिम दिन जिल्लाका पालिका तहमा मनोनयन गर्न आउनेको थेगिनसक्नु भीड लागेको थियो । थेग्नै नसक्ने गरी भीड लागेपछि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको काम पनि अबेर रातिसम्म भएको थियो । उम्मेदवारी दिन चाहने अधिकांश एकसाथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि देखिएको भीडले उम्मेदवारी दर्ताको काम केही असहजसमेत बनेको देखिन्थ्यो ।

कैलारी गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भने “सर्वदलीय बैठकमा उम्मेदवारी दर्ताका लागि पालैपालो आउन आग्रह गरेका थियौँ, तर आज उहाँहरु एकसाथ आउँदा दर्ता काममा केही असहजता महसुस भएको छ ।” भीड लागे पनि उम्मेदवारी दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा भएको निर्वाचन अधिकृतले जानकारी दिए ।

सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जिल्लाका १३ पालिकाको प्रमुख तथा उपप्रमुखमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका थिए । सहमतिअनुसार कांग्रेसले सात, माओवादीले चार र एकीकृत समाजवादीले दुई पालिकाको प्रमुखमा उम्मेदवारीको मनोनयन दर्ता गराएको छ । यी दलबीच पालिका तहका प्रमुख, उपप्रमुखमा तालमेल भए पनि सहमति जुट्न नसकेका वडा तहका पदमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका थिए ।

प्रमुखमा एउटै पार्टीका दुई जनाको उम्मेदवारी

जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु दुवैले पार्टीको सिफारिसपत्रसहित उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

उम्मेदवारी दर्ता गराएका थापाले आफूले कांग्रेस प्रदेश समितिको आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएको बताए । उनले भने, “आफूले प्रदेश समितिले दिएको टिकट र आधिकारिकपत्रसहित उम्मेदवारी दर्ता गराएँ, पछि उहाँ सुशीला शाहीले पनि पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको सुन्नमा आएको छ ।”

पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । जिल्लाका १३ पालिका तहका झण्डै ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।

 

वि.सं.२०७९ वैशाख १३ मंगलवार ०७:४६ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...