back
CTIZAN AD

चन्द्रमामा आणविक विस्फोट गर्न लागेको थियो अमेरिकाले…

वि.सं.२०७९ वैशाख १३ मंगलवार

741 

shares

काठमाडौं । चन्द्रमामा आणविक विष्फोटको टनेल बनाउनु भनेको कुनै विज्ञान कथा वा चलचित्रको कथा जस्तो लागे पनि अमेरिकाले धेरै वर्षदेखि यसको अनुसन्धान गरिरहेको तथ्य खुलासा भएको छ । हालै, यो गोप्य चन्द्र मिसनबारे भइस नामक अमेरिकी न्यूज एजेन्सीले तथ्य सार्वजनिक गरेको हो ।

रिपोर्टअनुसार अमेरिकाले यस योजनामा धेरै खर्च गरिसकेको छ । बताइएअनुसार यो योजना सफल भने मानिएको छैन ।

युएफओसँग सम्बन्धित विषयमा गम्भीर अनुसन्धान

अमेरिकाले एएटीआईपी कार्यक्रमअन्तर्गत यूएफओसँग सम्बन्धित रहस्यमय प्रविधिमा अनुसन्धान गरिरहेको कुरा पनि सार्वजनिक भएको छ । अमेरिकाले सन् २००७ देखि उक्त कार्यक्रममा काम गरिरहेको थियो ।

बताइएअनुसार उक्त कार्यक्रमबारे सूचना बाहिरिएसँगै कार्यक्रमका निर्देशकले नै राजीनामा दिएका थिए । रिपोर्टअनुसार अमेरिकाले यूएफओसँगसँगै थप अन्य विषयमा पनि अनुसन्धान गरिरहेको छ ।

चलचित्रमा देखिने प्रविधिमा अनुसन्धान भइरहेको थियो

रिपोर्टका अनुसार ‘आव्सप’ मिशन अन्तर्गत अमेरिकाले यस्तो प्रविधिमा अनुसन्धान गरिरहेको थियो, जुन हामीले फिल्ममा मात्रै देख्छौं। यसमा चन्द्रमामा आणविक अन्वेषण, अदृश्य हुने कपडा बनाउने, गुरुत्वाकर्षण विरोधी प्रविधि र टाइम ट्राभलिङ मेसिन जस्ता मिसनमा अनुसन्धान भइरहेको थियो । तर, अहिलेसम्म यी मध्ये कुनै पनि कुरा वास्तवमै पुरा हुन सकेको छैन ।

चन्द्रमामा ब्लास्ट गरेर हल्का धातुहरू निकाल्ने योजना थियो

भइस मिडियाकाे रिपाेर्टअनुसार अमेरिकाले चन्द्रमामा ब्लास्ट गरेर सुरुङ बनाउने याेजना बनाएकाे थियाे । अमेरिकी अनुसन्धानकर्ताहरूले चन्द्रमाको बीचमा धेरै हल्का धातुहरू फेला पार्न सक्ने विश्वास गर्छन्। रिपोर्टका अनुसार तिनीहरू स्टिलभन्दा लाखौं गुणा हल्का हुन सक्छन् तर तिनीहरूको बल स्टिल जत्तिकै हुनेछ। एजेन्सीबाट

वि.सं.२०७९ वैशाख १३ मंगलवार १७:४२ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...