back
CTIZAN AD

स्थानीय निर्वाचनः म्याग्दीमा २३७ पदका लागि ७५९ जनाका उम्मेदवारी

वि.सं.२०७९ वैशाख १४ बुधवार

936 

shares

म्याग्दी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । प्रमुख÷अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडाध्यक्षमा १६०, खुला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेदवारी परेको छ । “दाबी–विरोध, छानविन, आवश्यक कारबाही र उम्मेदवारी फिर्ता लिने समय सकिएपछि कूल उम्मेदवार सङ्ख्या कायम हुनेछ ।”

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ । म्याग्दीका ६ स्थानीय तहमा ४५ वडा र ८५ हजार ३७५ मतदाता छन् । कूल मतदातामध्ये ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् । यस्तै ७४ मतदानस्थल र ११४ मतदान केन्द्र छन् ।

धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा एकल उम्मेदवारी परेकाले नेकपा (माओवादी केन्द्र)का सीताकुमारी छन्त्याल निर्विरोध भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताए । यस्तै बेनी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ माओवादी केन्द्रको चुनाव चिह्न लिएर बेनपा–६ को वडा सदस्यमा उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रबाट मङ्गला गाउँपालिका–१ कुहुँको वडा सदस्यकी उम्मेदवार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा ज्येष्ठ र नेशनल मङ्गोल अर्गनाइजेशनबाट मङ्गला गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार २४ वर्षीय भूमि घर्तीमगर सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

वि.सं.२०७९ वैशाख १४ बुधवार ०७:४५ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...