back
CTIZAN AD

रहेनन् लक्ष्मीभक्त

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

939 

shares

काठमाडौं । नेपालका एक बरिष्ठ बामपन्थी नेताको निधन भएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता लक्ष्मीभक्त उपाध्यायको गएराती नर्विक अस्पताल थापाथलीमा निधन भएको हो ।

पूर्वप्रधानमन्त्री, नेकपा समाजवादीका अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका माधवकुमार नेपालले पुष्पलाल स्मृति प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका लक्ष्मीभक्त उपाध्यायको निधनमा शोक बक्तब्य जारी गरेका छन् ।

उनले जेष्ठ कम्युनिष्ट मंचको सदस्यका रुपमा सम्बोधन गर्दै सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको समेत बताएका छन् ।

यसैगरी पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष तथा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले उपाध्यायको निधनबाट आफु स्तब्ध भएको बताउदै उनको अविष्मरणीय योगदानप्रति उच्च सम्मान ब्यक्त गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग २००८ सालदेखि सहयात्राका क्रममा आबद्ध भएका नेता उपाध्यायले २००७ सालको जनक्रान्तिमा पनि मुक्ति सेनाको रूपमा भाग लिएका थिए । नेपालमा माक्र्सवादी कम्युनिष्ट सिद्धान्तको जग बसाल्न विशिष्ट योगदान गरेका उपाध्यायले आफ्नो जीवन नै कम्युनिष्ट आन्दोलन, देश र जनताको पक्षमा समर्पित गरेका थिए ।

शुक्रवार बिहानै आर्यघाटमा उनको अन्तेष्टि गरीएको पुष्पलाल अध्ययन समाजका उपमहासचिव मुकुन्द आचार्यले बताएका छन् ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार ११:३८ मा प्रकाशित

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...