back
CTIZAN AD

सौगात, बुद्धि र दीया स्टारर चलचित्र ‘मन्त्र’ आजदेखि हलहरुमा

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

771 

shares

१६ वैशाख, काठमाडौं । शुक्रबारदेखि नयाँ नेपाली चलचित्र ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आएको छ । खिलबहादुर गुरुङ निर्देशित ‘मन्त्र’ मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।

मनास्लु हिमाल आसपासको सुन्दर लोकेशनमा छायाँकन गरिएको चलचित्रले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

गत बुधबार राजधानीमा गरिएको ‘प्रिमियर’मा चलचित्रकर्मीबाट ‘मन्त्र’लाई उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । छायाँकन, लोकेशन, ब्याकराउण्डस्कोर, कथावस्तुलाई चलचित्रकर्मीले खुलेर प्रशंसा गरेका थिए ।

चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई आम दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार ११:३४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...