back
CTIZAN AD

दलहरुद्धारा संयुक्त ह्विप उल्लंघन, सिन्धुमा एमाले माओवादी तालमेल

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

876 

shares

काठमाडौं । गठबन्धनका दलहरुले आपसी तालमेल गराउन दिएको संयुक्त ह्विप उल्लंघन हुन थालेका छन् ।

बुधवार अपरान्हको ५ दलीय संयुक्त निर्देशनका बिपरित बाग्मती प्रदेश सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको समाचार प्राप्त भएको छ ।

समाचार अनुसार त्यहां माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई माओवादीले सघाउने सहमति भएको छ भने उपाध्यक्ष पदमा उम्मेदवार रहेकी एमालेकी मञ्जु नेपाललाई उम्मेदवारी फिर्ता लिन लगाएर माओवादीकी दुर्गा थापालाई सघाउने भएका छन् ।

यसअघि सत्ता गठबन्धनका दलहरुको बैठकले एमालेसँग तालमेल नगर्न बिशेष सर्कुलर गरेको थियो । सो घटनालाई कांग्रेसले सृजना गरेको परिस्थीति भन्दै त्यहाको बिशिष्टता र आन्तरिक बाध्यताका रुपमा माओवादी पक्षले बचाउ गरेको छ ।

सिन्धुपाल्चोकमा कांग्रेस माओवादी तालमेल हुन नदिन कांग्रेस नेता मोहन बस्नेत जिम्मेवार रहेको पनि माओवादीले बताएको छ ।

May be an image of text

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १२:१८ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...