back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ वैशाख १७ शनिवार

1.8K 

shares

पबित्रा चाम्लिङ,खोटाङ


भाग्यमा बिश्वास गर्नु भन्दा,कडा परिश्रमको भर पर
आफ्नो दुनो आफैं सोझ्याउ,सोझ्याइ दिनेको नै छर
शरीरमा प्राण रहुञ्जेल, सिरामा रगत बहुञ्जेल तिमी
सफलता प्राप्त गर्नेछौ,तर कमिलो जस्तै मेहनत गर ।


आफ्नै प्रेमी वा प्रेमिकालाई,राक्षस बनेर मार्ने गर्छन्
निर्दोषलाई उल्टो जाल बुनेर, कठघरामा पार्ने गर्छन्
चोट लागेर ज्यान ढलेपछि, नोटमा ति दृष्टि बलेपछि
दोषीलाई रुपैयाँँले ढाक्छ,अनि निर्दोषले हार्ने गर्छन् ।


समय आएपछि पत्थरले,पनि बोल्नेछ हजुर
झुटो नबोलौं पश्चातापले मन, पोल्नेछ हजुर
नारीलाई सहनसिल ठानी, नघोच जानीजानी
अन्याय विरुद्ध नारीले घुम्टो, खोल्नेछ हजुर ।


बुबा आमालाई लत्याउँछ, छोराले अंश पाएपछि
बुढेसकालमा रुनुपर्छ हरे, आफैंले वंश पाएपछि
उहि नमेटिने दाग लाग्यो, सधैं भरी पछुतो जाग्यो
सपुत पुत्र जन्माउनु साट्टो, कपुत कंस पाएपछि ।


सोध्नलाई बाध्य भएँ,एकाएक सन्नटा छाएपछि
रुनलाई विवश बनायो, आँखामा आँसु आएपछि
सुर्यलाई धरामा झा¥यो, रिसले आफैंलाई मा¥यो
प्राण त्याग्दा पछुतायो, आबेगमा विष खाएपछि ।

 

वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:५० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...