कपिल किशोर घिमिरे
दाङ, हाल कैलाली
१.
पहाडी पाखा
सुन्दर लाग्ने
गाउँले भाखा ।
२.
लगेको चोट
चर्किन्छ छाती
उसकै खोट ।
३.
बितोस् हर्षमा
शुभकामना
नयाँ वर्षमा ।
४.
हिमाल माथि
साँझको घाम
आहा छ साथी ।
५.
लिखा खोज्दछ,
धन्न समाज
भैंसी बोक्दछ ।
६.
फुलेर फूल
लताले बेरी
भ्रमरा हुल ।
७.
रापियो ताप
वसन्त ऋतु
उम्लेर वाफ ।
८.
कोइली बोल्छ
सम्झाई प्रिय
हृदय खोल्छ ।
९.
काटेर बाली
कुरेर बस्छिन्
ती घरवाली ।
१०
प्रेमको दियो
निभ्छ र कहाँ
नछोडे मियो ।
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:४९ मा प्रकाशित






























