Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय मे दिवसको मर्म



“विश्वका मजदुर एक होऊ, तिमीले गुमाउने तिम्रा हातमा लागाएको हत्कडी बाहेक अरु केही छैन पाउने सारा संसार छ”, कार्ल मार्क्सको यही नारा आज पनि मई दिवसका बेला विश्वभरी गुञ्जायमान गर्ने गरिन्छ । वर्षौंदेखि विकसित विकासिशील जुनसुकै देशमा यस्तै हुँदै आएको देखिन्छ । मजदुर को हो, किन हो, कुन कुन विवशता र बाध्यमातमा छ, तिनका दुःख दर्दहरु के छन्, उनीहरुलाई यो विवशताबाट मुक्ति किन मिलिरहेको छैन, किन एक व्यक्ति होइन पूरा परिवार नै मजदुर हुने गर्दछ, किन एक पिढी पछि अर्को पिढीमाथि मजदुरीको बोझ पर्ने गर्दछ यस्ता धेरै गम्भीर प्रश्नहरु उठाउने र छलफल गर्न थाल्ने हो भने अनेक व्यवहारिक कठिनाइहरु र समस्याहरु खडा हुन थाल्दछन् । यसकारण यस्ता प्रश्नहरुबाट तर्किएर संघर्ष, आन्दोलन, एकता जस्ता शब्दाबलीहरुको सहारा लिँदै र क्रान्तिकारी आवरण बनाउदै अन्तर्राष्ट्रिय मई दिवस या मजदुर दिवस मनाउने औपचारिकता पूरा गरिने गरिन्छ ।

कार्ल मार्क्सले जतिबेला विश्वका मजदुरहरुको कुरा गरेका थिए त्यतिबेला पुँजीवादी शक्तिहरुले जोड पक्रिसकेको थियो, औपनिवेशिक दासता ठाउँ ठाउँमा कायम गरिएको र रहेको थियो । साम्यवादले संघर्षको नयाँ इतिहास लेखिरहेको थियो र विश्वले लोकतन्त्रको कखरा सिक्दै मात्र थियो । त्यसपछि विश्वको स्थिति बद्लियो । धेरै देशहरुले स्वाधीनता हासिल गरे, आफ्नो संविधान आफै पनि बनाए, राजनीति व्यक्ति र धर्म केन्द्रित हुनको साटो जनकेन्द्रित पनि हुन थालेको भान भयो । शताब्दीयौंदेखि दबेका कुल्चिएका मानिसहरुको हातमा निर्णायक शक्ति आएको जस्तो पनि भान प¥यो । यो परिवर्तन मानव सभ्यताको एउटा महत्वपूर्ण क्रम र कालखण्ड भने अवश्य थियो नै ।

जसरी आगो र चक्का आविष्कारले मानिसलाई सभ्यताका धेरै खुड्कीला चढाइदिए त्यसरी नै राजनीतिक स्वतन्त्रता र त्यसबाट हासिल अधिकारहरुले मानिसलाई अझ अघि बढाउन मद्दत ग¥यो । विश्वका धेरै देशहरुमा आज विकासको जुन झण्डा फर्फराई रहेको छ त्यो यसै अधिकारका कारणले हो । तर विश्वका कयौ देशहरुका बारेमा अझै पनि निराशा कै स्थिति छ । लोकतन्त्रको तक्मा लगाएको संविधान भएर मात्र हुने रहेनछ । व्यवहारमा सामन्ती एवम् दलाल पुँजीवादी मानसिकता छ्याप्छ्याप्ती भए पछि परिवर्तनको पद चिन्ह र पदचाप नै बिलुप्त हुन जाँदोरहेछ । यस्तै चरित्र र व्यवहारले गर्दा आज देशका मजदुर, किसान राष्ट्रिय पुँजीपति लगायतका सम्पूर्ण श्रमजीवी जनता कुनै पनि दलहरुको केन्द्रिय बहस र छलफलको बिषय बस्तु बन्न सकेका छैनन् र बन्ने गर्दैनन् ।

उनीहरुका लागि केही सहुलियतका नारा राखिदिएर छुट्टी लिइन्छ । मानिसले बाँच्न पाउने अधिकार भनेको उसले खान, लाउन र बस्न पाउने न्यूनतम आधार राज्यले तय गर्नु र त्यसको परिपालना गर्नु गराउनु हो । मूलतः त्यही नै मानव अधिकारको पनि आधार हो । त्यसको अभावमा श्रमजीवी वर्गले मानव अधिकार कसरी हासिल गर्न सक्छ र ?

हुन त चुनावका बेला जनता अल्मल्याउन अनेक छद्म नाराहरु अघि सार्ने गरिएको छ । जनताका आधारभूत समस्याहरुबाट उनीहरुलाई विषयान्तर गर्नका लागि अनेक झूटा सपना पनि देखाउने गरिन्छ तर, उनीहरुका आधारभूत र खाश मुद्दा या विषय वस्तुमा केन्द्रित र तल्लिन हुने कुराबाट मुख मोडिन्छ र तिनलाई नछोइकन अलग्गै छोडिन्छ । यो एउटा अत्यन्तै गम्भीर र दुःखदायी कुरा हो कि एकातिर देशका थोरै मानिसहरुको हातमा अत्याधिक अर्थात् आधाभन्दा बढी सम्पत्ति केन्द्रित छ । अर्कोतर्फ विपन्न मजदुर किसानको हातमा न्यूनतम राष्ट्रिय आयको कुरोकन्थोसम्म कतै चल्दैन र छैन प्रावधान राख्ने कुरा त टाढैको कुरा भयो । हरेक देशले आफ्नै हिसाबले न्यूनतम आय निर्धारण गर्ने गर्दछन् । मानौ एउटा देशको मजदुरको भोक अर्को देशको भन्दा बढी या कम हुने गर्दछ । चुनाव लड्ने दलहरुको घोषणापत्रमा पनि मजदुर वर्गको कुरा उनीहरुको जीवन सुरक्षित र असल भए जस्तै गरी कुनै वास्ता गरिएको हुँदैन ।  उनीहरुका लागि केही सहुलियतका नारा राखिदिएर छुट्टी लिइन्छ । मानिसले बाँच्न पाउने अधिकार भनेको उसले खान, लाउन र बस्न पाउने न्यूनतम आधार राज्यले तय गर्नु र त्यसको परिपालना गर्नु गराउनु हो । मूलतः त्यही नै मानव अधिकारको पनि आधार हो । त्यसको अभावमा श्रमजीवी वर्गले मानव अधिकार कसरी हासिल गर्न सक्छ र ?

वास्तवमा जबसम्म श्रमजीवी वर्गले जीवन धान्ने न्यूनतमा आधार पाउँदैन, उनीहरुलाई वर्ग ल्याउन जाति, धर्म अर्थात् मठ, मिन्दर, गुम्बा, बिहार, मस्जिद, चर्च आदि अनेक संस्कृति, क्षेत्र आदिका नाममा विभाजित र भ्रमित तुल्याइन्छ तबसम्म कार्ल मार्क्सले भने जस्तो विश्वका मजदुरहरु एकजुट हुने आधार बन्दैन । उनीहरुको मुक्तिको बाटो कमजोर हुन्छ । उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पाउन सक्ने कुनै वस्तुगत अबस्था सिर्जना हुँदैन । त्यसैले मजदुर दिवस अर्थात् मई दिवस मनाउने गर्दा मजदुर वर्गका गम्भीर समस्याहरुप्रति गरिखाने वर्गलाई सचेत, संगठित र संघर्षशील तुल्याइनु अत्यावश्यक छ । जसले गर्दा उनीहरुका मूलभूत समस्याहरुमाथि राज्य र समाजको ध्यान केन्द्रित होस् । अन्यथा मार्क्सले जुन शोषणरहीत समाजको निर्माणको दिशाबोधका साथ “संसारका मजदुर एक होऊ” भन्ने नारा दिएका हुन् र “उनीहरुसँग गुमाउने कुरा आफ्नो हत्कडी मात्र हो पाउने कुरा सारा संसार छ” भनेका हुन् यथार्थतः त्यसको मर्म सार्थकता र उपादेयताको छेउसम्म पनि पुग्न सकिने छैन । यो अकाट्य कुरा हो । यीनै भावनका साथ सम्पूर्ण श्रमजीवी वर्गमा १३२औं मे दिवसको उपलक्ष्यमा शुभकामना !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय