back
CTIZAN AD

नवलपरासीमा १६ हजार ८८३ जना नयाँ मतदाता थपिए

वि.सं.२०७३ चैत ६ आइतवार

1.1K 

shares

६ चैत,नवलपरासी  । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ ।

हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताउनुभयो ।

नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र १६ हजार ८८३ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गत फागुन ९ गतेको समयावधिसम्म १८ वर्ष पूरा भएका सो सङ्ख्याका मतदाताहरु आगामी निर्वाचनका मतदातामा सूचीकृत भएका हुन् ।

कार्यालयका अनुसार निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रहरुको निरीक्षण र निर्वाचनमा खटिने कर्मचारीको विवरणसमेत सङ्कलन भइरहेको छ ।

जिल्लामा विभिन्न तहका शिक्षकहरु एक हजार ५०५ जना छन् भने संस्थानतर्फ १६१ र निजामतीतर्फ एक हजार ११४ जना कर्मचारी रहेका छन् । ती सबै कर्मचारी निर्वाचनमा खटिने छन् ।

मतदाता नामावली समावेश भएको सङ्ख्यामध्ये तेस्रोलिङ्गी समुदायको सङ्ख्या पनि आठजनाको रहेको छ । यसैगरी पुरुष मतदाताको सङ्ख्या एक लाख ८२ हजार ३६५ र महिला मतदाताको सङ्ख्या एक लाख ९१ हजार ५०५ रहेको छ ।

कार्यालयले फोटोसहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाई जिल्लामा मतदान केन्द्रसमेत तोकिसकेको जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकामा गरी २३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब ५०० मतदान केन्द्र रहनेछन् ।

स्थानीय तहको निर्वाचन हुने सम्भावना बढ्दै गएपछि जिल्लाका चोक चौराहामा विभिन्न दलका नेता कार्यकर्ताबीच निर्वाचनबारेको छलफल सुरु भएको छ ।
निर्वाचनको पूर्वतयारीका लागि आवश्यक कार्य अघि बढाइएको र यसको व्यवस्थापनमा कार्यालय लागिपरेको र निर्वाचनका लागि नवलपरासीमा ३३ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०६:४३ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...