back

नवलपरासीमा १६ हजार ८८३ जना नयाँ मतदाता थपिए

वि.सं.२०७३ चैत ६ आइतवार

267 

shares
NTC AD
Global IME AD

६ चैत,नवलपरासी  । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ ।

हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताउनुभयो ।

नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र १६ हजार ८८३ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गत फागुन ९ गतेको समयावधिसम्म १८ वर्ष पूरा भएका सो सङ्ख्याका मतदाताहरु आगामी निर्वाचनका मतदातामा सूचीकृत भएका हुन् ।

कार्यालयका अनुसार निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रहरुको निरीक्षण र निर्वाचनमा खटिने कर्मचारीको विवरणसमेत सङ्कलन भइरहेको छ ।

जिल्लामा विभिन्न तहका शिक्षकहरु एक हजार ५०५ जना छन् भने संस्थानतर्फ १६१ र निजामतीतर्फ एक हजार ११४ जना कर्मचारी रहेका छन् । ती सबै कर्मचारी निर्वाचनमा खटिने छन् ।

मतदाता नामावली समावेश भएको सङ्ख्यामध्ये तेस्रोलिङ्गी समुदायको सङ्ख्या पनि आठजनाको रहेको छ । यसैगरी पुरुष मतदाताको सङ्ख्या एक लाख ८२ हजार ३६५ र महिला मतदाताको सङ्ख्या एक लाख ९१ हजार ५०५ रहेको छ ।

कार्यालयले फोटोसहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाई जिल्लामा मतदान केन्द्रसमेत तोकिसकेको जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकामा गरी २३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब ५०० मतदान केन्द्र रहनेछन् ।

स्थानीय तहको निर्वाचन हुने सम्भावना बढ्दै गएपछि जिल्लाका चोक चौराहामा विभिन्न दलका नेता कार्यकर्ताबीच निर्वाचनबारेको छलफल सुरु भएको छ ।
निर्वाचनको पूर्वतयारीका लागि आवश्यक कार्य अघि बढाइएको र यसको व्यवस्थापनमा कार्यालय लागिपरेको र निर्वाचनका लागि नवलपरासीमा ३३ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०६:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...