back
CTIZAN AD

मोहन बस्नेतको दंभले नागार्जुन गठबन्धनमा समस्या, यी हुन् माओवादीका उम्मेदवारहरु

वि.सं.२०७९ वैशाख १८ आइतवार

1.1K 

shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा नेकपा (माओवादी केन्द्र) एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेको छ ।

सत्ता गठबन्धनमा संलग्न मुख्य दल नेपाली कांग्रेसका नेता तथा मेयरका प्रत्यासी मोहन बस्नेतले अनावश्यक दंभ गरेपछि गठबन्धनमा रहनुको औचित्य नभएको भन्दै माओवादी एक्लै चुनावमा उत्रिएको हो ।

नागार्जुनमा नेपाली कांग्रेसले उपमेयरको उम्मेदवारी फिर्ता लिए पनि उक्त पद गठबन्धनका कुन दलले पाउने भन्ने टुङ्गो नलागेकाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सबैले उपमेयर आफूले पाउने आशा गरिरहेका छन । गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रले उपमेयर पाउनुपर्ने भए पनि समाजवादी र जसपाले पनि दाबी गरेपछि माओवादी एक्लै चुनाव लड्ने स्थितीमा पुगेको हो ।

गठबन्धनले गरेको भागबन्डा अनुसार काठमाडौंमा माओवादीलाई एक मेयर र तीन उपमेयर, समाजवादीलाई एक मेयर र दुई उपमेयर तथा जसपालाई एक उपमेयर दिने सहमति भएको थियो ।

कीर्तिपुरको उपमेयर पाइसकेको जसपाले नागार्जुनमा पनि उपमेयर खोजेपछि समस्या भएको बताईएको छ । सहमति बमोजिम नागार्जुनको उपमेयर माओवादीले नै पाउनुपर्ने दाबी रहेको नागार्जुन माओवादी अध्यक्ष युवराज भण्डारीले बताएका छन् ।

नागार्जुनका मेयर प्रत्यासी मोहन बस्नेत उम्मेदवार मात्र होइनन, उनी आफै प्रदेश कांग्रेसका नेता पनि हुन । ‘उहांले ईमान्दार कांग्रेसको आवाज सुनेर, माओवादीसंग गरेको सहमति मानेर र आजको गठबनधनको आदेश शिरोधार गरेर निर्णय सच्याउनु भएन भने उहाँंले त्यसको क्षति ब्यहोर्नै पर्छ ’ वडा न ६ का एक पुर्व जनप्रतिनिधिले संसारन्युजसंग भने ।

यी हुन माओवादी केन्द्रका उम्मेदवारहरू

१ नगर प्रमुख सरस्वती सुनार

२ नगर उपप्रमुख प्रताप दानी

वडा नंं १- अध्यक्ष हरि कृष्ण लामा, दलित महिला सदस्य जुना माया विश्वकर्मा, महिला सदस्य हिम कुमारी थापा, सदस्य जुनु माँया सुनुवार खड्का, सदस्य दिल वहादुर लामा

वडा नंं २ -अध्यक्ष यलम्वर राई, दलित महिला सदस्य खिनु मायाँ विक, महिला सदस्य मिरा न्यौपाने, सदस्य दिनेश नगरकोटी, सदस्य भुवन लाल श्रेष्ठ

वडा नंं ३- अध्यक्ष छत्र वहादुर श्रेष्ठ, दलित महिला सदस्य प्रमिला लामिछाने कामि,
महिला सदस्य मुरली श्रेष्ठ मुना, सदस्य दिनेश पुतुवार, सदस्य विष्णु माया भण्डारी

वडा नंं ४- अध्यक्ष भिम वहादुर अस्लामी मगर, महिला सदस्य गोपि वस्नेत, सदस्य चिनिकाजी महर्जन, सदस्य न्विन किशोर श्रेष्ठ

वडा नंं -५ अध्यक्ष उमेश थापा, दलित महिला सदस्य सरु सिहं पुर्कोटी, महिला सदस्य सुष्मा पुतुवार, सदस्य आकाश पुतुवार, सदस्य सन्त वहादुर तामाङ

वडा नंं ६- अध्यक्ष दिपक श्रेष्ठ, महिला सदस्य लक्ष्मी मगर,सदस्य गम वहादुर क्षेत्री,
सदस्य रविन्द्र कुमार भट्टराई

वडा नंं ७ –अध्यक्ष प्रभाकर रिमाल, दलित महिला सदस्य अन्जली विश्वकर्मा
महिला सदस्य सवित्री कुमारी प्रसाई गौतम,सदस्य दिलिप तामाङ, सदस्य राजु गिरी

वडा नंं -८ अध्यक्ष इन्द्र नारायण महर्जन, दलित महिला सदस्य शान्ता मिजार कोइराला, महिला सदस्य सोवर्ण वरुवाल, सदस्य सानु कान्छा लामा, सदस्य राम चन्द्र मरहट्टा

वडा नंं -९ अध्यक्ष रवि विडारी, दलित महिला सदस्य, चिनी माया विशुंखे, महिला सदस्य अम्विका भारती, सदस्य मिलन गुरुङ, सदस्य विनायक वन्धु भट्टराई

वडा नंं -१० अध्यक्ष सविना थापा, दलित महिला सदस्य सरस्वती नेपाली, महिला सदस्य निर्मला सुवेदी, सदस्य कृष्ण वहादुर खत्री, सदस्य शेर वहादुर अधिकारी

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:०२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...