back
CTIZAN AD

एसियाली खेलकुदको लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

वि.सं.२०७९ वैशाख २० मंगलवार

804 

shares

२० वैशाख, काठमाडौँ । उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।

बास्केटबलमा आठ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठले बताउनुभयो । नेपाल कबड्डी सङ्घका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छानिए । बास्केटबलको थ्री बाइ थ्री मा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणलाई छनोट भएका छन् ।

कबड्डीमा एपीएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपीएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपीएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहेका छन् ।

आर्मीकी मिना नेपाली र इशा राई, प्रदेश नं १ का लक्ष्मी विश्वकर्मा, बागमती प्रदेशकी बबिता पुकुवाल, एपीएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गङ्गा राकसकोटी, आर्मीकी कोपिला कार्की, बागमतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बागमतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश नं १ की पूजा राजवंशी, मधेस प्रदेशकी दिव्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले बताउनुभयो । एसियाली खेलकुद चीनको हाङझावमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १०:२० मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...