back
CTIZAN AD

बिजबजारको भारी छुटसहितको “२०मा बिज” नामक क्याम्पीङ सुरू

वि.सं.२०७९ वैशाख २० मंगलवार

807 

shares

काठमाडौं । बिजबजारको भारी छुटसहितको “२०मा बिज” नामक क्याम्पीङ सुरू भएको छ । ई-कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते “२०मा बिज” नामक क्याम्पीङ सुरु गरेको हो ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिजबजारले वैशाख महिनाको क्याम्पीङ मंगलबार राती १२ बजेबाट लाइभ हुने जनाएको छ । यस क्याम्पीङमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो क्याम्पीङ अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरूको फ्लास् सेल पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पीङ प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । यसका साथै कम्पनीले यहि वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको जनाएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहनेले www.bizbazar.com.np टाइप गरेर पनि सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १३:२० मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...